विराटनगर: प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ५१ जना पुरुष हुन् भने २६ जना महिला छन् ।
संक्रमण पुष्टि भएकाहरुमा मोरङमा २८ जना छन् । झापामा २२ जना, सुनसरीमा १४ जना, संखुवासभामा ३ जना, धनकुटामा २ जना, खोटाङ, इलाम र ओखलढुङ्गामा १-१ जना छन् भने प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १-१ जना संक्रमण पुष्टि भएको हो । झापाको मेचीनगर र विर्तामोडमा ५-५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २-२, बुद्धशान्ति र भद्रपुरमा १-१ जना संक्रमण थपिएका छन् ।
सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १ जना छन् भने संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार ७५४ पुगेको छ ।
प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५३७ पुगेको छ । प्रदेश १ मा आज ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये महिला २६ र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९९ हजार ७१६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।