धरान: धरान जेसिसले एचआइभी संक्रमित तथा प्रभावित बालवालिकालाई जाडोको न्यानो कपडा र बिहानको खाना खुवाएको छ ।

धरान जेसिसको जारी ४५ औं जेसिस सप्ताह अन्तर्गत आज चौथो दिन १५ जना संक्रमित तथा प्रभावित वालवालिकालाई सहयोग गरेको हो । जेसिसले वालवालिकालाई एक थान ट्रयाकसुट, एक थान मोजा, एक थान पञ्जा, एक थान टोपी र मास्क प्रदान गरेको जनाएको छ । उनीहरुलाई धरान जेसिस अध्यक्ष एवं कार्यक्रम सभाध्यक्ष दिपेन्द्र निरौला, कार्यक्रमका प्रमुख अतिथि धरान पोजिटिभ समुहका अध्यक्ष खगेन्द्र खड्का, पुर्वजेसिस अध्यक्ष सन्दिप शाक्य, अतिथि एवं एम्स एकेडेमि संचालक दुर्गा सुवेदी लगायतले सहयोग सामग्री वितरण गरेका थिए । सहयोगको लागि धन्यवाद दिंदै प्रमुख अतिथि खड्काले धरान पोजिटिभ समुहको सम्पर्कमा सुनसरी भरि २९ जना संक्रमित वालवालिका रहेको जानकारी दिए ।

20201211_113140.psd

जेसिसले हरेक बर्ष जेसिस सप्ताह मनाउदै आइरहेको छ । यसपाली मंसिर २३ देखि २९ सम्म चल्ने ४५ औ जेसिस सप्ताहको पहिलो दिन धरान जेसिस सदस्य र वैंकर्स टिम विच मैत्रिपुर्ण फुटसल भएको थियो भने दोस्रो दिन धरान आवतजावत गर्ने यात्रुवाहक यातायात मजदुरहरुलाई स्वस्थ्य सामग्री वितरण गरिएको थियो । यस्तै, तेस्रो दिन कोरोना सम्वन्धी रोड क्विज गरिएको जेसिस धरानका तालिम निर्देशक प्रतिक श्रेष्ठले जानकारी गराए । पाँचौ कार्यक्रम अन्तर्गत टे्रनिङ्ग फेस्टिवल, छैटौ कार्यक्रम करिव पाच सय जनाको सहभागितामा कुलमान घिसिङको साथमा म्यानेजमेन्ट मन्त्र अनलाईन कार्यक्रम र सातौ दिन जेसिस मेम्वर भेला जेसिस चौतारीसहित जेसिस सप्ताह समापन हुने निर्देशक श्रेष्ठले वताए ।  तस्विरः बिकास चाम्लिङ राई