विराटनगर: भारतीय नोटसहित प्रहरीले विराटनगरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
हिजो साँढे ४ बजे विराटनगर वडा नं १७ ईस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाको टोलीले बिहार पश्चिम दिल्लीका ५६ बर्षीय महेश चन्द्रलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा चोकजाँच गर्दा १ लाख ९९ हजार बराबरको ५ सय र २ हजारको नोट फेला परेको प्रहरीले जनाएको छ । उनका साथमा ५ सय दरको ३९० वटा र २ हजार दरको २ वटा नोट भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नोटसहित पक्राउ परेका चन्द्रालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।