धरान: सेवक अभियान धरानले साप्ताहिक सरसफाई कार्यक्रमअन्तर्गत आज सोमबार पिण्डेश्वर मन्दिर क्षेत्रमा सरसफाई गरेको छ ।

हरेक सोमबार धार्मिकस्थल सरसफाई गर्दै आइरहेको सेवक अभियन्ताहरुले आज पिण्डेश्वरमा सफाई गरेको हो । हिजो वालाचर्तुदशी भएकोले पितृको नाममा सतविज छर्न भक्तजनहरुको आएका थिए । सोही क्रममा फोहोर धेरै भएकोले पिण्डेश्वरमा सरसफाई गरिएको सेवक अभियानका अध्यक्ष राजिव हलवाईले जानकारी दिए ।

sewak

यसैगरि, आज बिहान धरानको भानुचोकदेखि छाता चोकसम्म कोशी राजमार्गमा निर्माण गरिएको रेलिङमा पदयात्रीहरुलाई फोहोर फ्याल्न सहज होस् भन्ने उद्देश्यले सेवक अभियानले डस्टविन राखेको छ । धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले डस्टविन राख्नुको साथै बाटोको फोहोर उठाएर डस्टविनमा राख्दै उद्घाटन गरेकी थिइन् । उपमेयर भण्डारीले स्वच्छ धरानको लागि शुरु भएको अभियानको प्रसंसा गर्दै सभ्य समाज निर्माण गर्न महत्वपुर्ण हुने बताइन् । उनले बाटोमा हिड्ने यात्रुहरुलाई फोहोर फाल्ने ठाउँको अभाव रहेको भन्दै अब पैदल यात्रुहरुलाई डस्टविनले सहज हुने बताइन् । उनले भनिन्,‘राम्रो कामको शुरुवात भएको छ, सबैले अनुसरण गरिदिनुपर्छ ।’

भिडियो:

सेवक अभियानका अध्यक्ष हलवाईले सडकमा हिड्ने पैदल यात्रुहरुलाई फोहोर फाल्न सहज होस् भनेर डस्टविन राखिएको बताए । उनले १२ वटा डस्टविन राखिएको जानकारी दिदै स्थानीय सरकार, वडा कार्यालय र बित्तिय संस्थाहरुसँग सहकार्य गरेर धरानभरि डस्टविन राख्ने योजना रहेको पनि बताए । ‘बाटोमा हिड्दै गर्दा यात्रुहरुलाई फोहोर कहाँ फाल्ने भन्ने द्धिविधा हुदैन । म सबै यात्रुहरुलाई फोहोर डस्टविनमा फाल्न अनुरोध गर्छु,’हलवाईले भने ।

sewak3

sewak1 sewak4 sewak6