बिराटनगर:१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पहिलो चौमासिकमा प्रहरी प्रमुखहरुबीच भएको कार्य सम्पादन सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन भएको जनाएको छ ।

चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २ हजार १ सय ७ मुद्दा दर्ता भइसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यही अवधिमा साढे ११ करोड भन्दा बढी राजश्व पनि संलकन भइसकेको छ । गत आर्थिक २ हजार ५ सय ९५ वटा मुद्दा दर्ता भएको थियो भने त्यसभन्दा अघि आर्थिक बर्ष २०७५/०७६ मा २ हजार ३ सय ३८ र २०७४/०७५ मा २ हजार ३ सय ४५ रहेको थियो । प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख डिआइजीबचि कार्यसम्पादन सम्झौता भएको थियो भने प्रदेश प्रहरी प्रमुखले १४ जिल्लाका प्रहरी प्रमुखहरुसँग पनि सम्झौता गरेका थिए । उक्त सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन भइरहेको प्रदेश प्रहरी प्रवक्ता एवं डिएसपी कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रदेश १ मा प्रभावकारी रुपमा प्रहरी परिचाल गरिएको प्रदेश प्रहरी कार्यालयको भनाई छ । यो आार्थिक बर्षको ४ महिनामा दर्ता भएको २ हजार १ सय ७ वटा बिभिन्न अपराध सम्बन्धी मुद्द दर्ता भई कारवाही भएको कार्यालयको भनाई छ । यस्तै, फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १९३ जना प्रतिवादी पक्राउ गरिएको पनि प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार उनीहरुबाट ३०० बर्ष कैद भुक्तान भएको छ । यस्तै, १ करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ राजश्व संकलन पनि भएको छ ।pradesh-police-record

भन्सार चोरी निकाशीतर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ३८ जना मानिस पक्राउ परेका छन् भने ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ९६ जना मानिस र ४८९ वटा नदिजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ पक्राउ गरिएको छ भने ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अबैध काठ चोरी निकासी गर्ने ३३ जना मानिस पक्राउ गरिएको छ भने १२८४ क्यूफिट काठ बरामद गरी १४ लाख ९०० राजश्व संकलन भएको छ । ट्राफिक ब्यबस्थापनतर्फ यस आर्थिक बर्षको ४ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधनलाई कारवाही भएको छ । उक्त कारबाहीबाट ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको पनि प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । चौमासिकमा कुल ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको छ ।