मोरङ: मोरङको सुनबर्षी नगरपालिका २ अमरदहमा पारस किराना पसलमा आगलागी हुँदा अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको छ ।

आज बिहान राती २ बजेको समयमा पारस साहले संचालन गरेको किराना पसल र घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट पसल रहेको घर र पछाडी रहेको अर्को घर समेतमा क्षति पुगेको थियो । घरभित्र रहेको नगद २० लाख, सुन चाँदी, लत्ता कपडा, किराना पसलको समान समेत जलेर नष्ट हुँदा डेढ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त आगलागी बिराटनगर महानगरपालिका, रङगेली, सुन्दरहरैचा, पथरी, बेलवारी, दमक नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको दमकल, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे नियन्त्रणमा आएको थियो ।