विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । परीक्षण गरिएका मध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरंगमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैचा र बेलबारीमा २–२ र बुढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २–२, कोशी र दुहवीमा १–१ जना छन् ।

झापाको दमक र कनकाईमा २–२, भद्रपुर, कमल, विर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, पाँचथरको कुम्वायक र इलामको सुर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १४० पुगेको छ ।
यस्तै, प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ ।