मोरङ: मोरङको विराटनगर महानगरपालिका १४ झट्याईका राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
मध्यराती साँढे १२ बजे बाँसको टाटीको गाह्रो र टिनको छाना भएको तत्माको एक तले कच्ची घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट राजेश तत्माको १४ बर्षीय छोरा रविन दास तत्माको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त आगलागीमा परी उनीकी ३२ बर्षीया श्रीमति ईन्दु देवी तत्मा र छोरा ७ बर्षीय किशन कुमार तत्मा घाईते भएका छन् ।
घाईतेको दुबै जनाको कोशी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगलागीमा परी निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ । उक्त आगलागी बिराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती साँढे १ बजे नियन्त्रणमा आएको ऊक्त कार्यालयले जनाएको छ ।