धरान: धरानका युवा नेता एवं व्यवसायी दिपक वनेपाली र श्रीमति सुप्रिया माझी वनेपालीले आप्mनो दुई जुम्ल्याह छोराहरुको जन्मदिन शारिरिक रुपमा अशतm पुण्य प्याकुरेल परिवारको साथमा मनाएका छन् ।

छोराहरु प्रसिद्ध र प्रख्यात वनेपालीको ११ औ जन्मोत्सव धरान १५ महादेव चौक स्थित पुन्यको निवासमा नै गएर हिजो शनिबार मनाएका हुन् । जन्मोत्सवको अवसरमा प्रसिद्ध र प्रख्यातले पुण्य परिवालाई खाद्यान्न सहयोग गरेका छन् । उनीहरुले २५ केजी चामल, १ कार्टुन तेल, १ क्यारेट अण्डा र पुण्यको दुई छोरा र छोरीलाई उपहार समेत प्रदान गरेका थिए । केहि दिनअघि समेत वनेपाली परिवारले पुण्यका छोराछोरीहरुको लागि जाडोको लुगा प्रदान गरेका थिए ।

IMG_1071.psd

छोराहरुलाई वच्चा देखि नै सामाजिक कार्य र सेवा वारे ज्ञान दिनको लागि सामाजिक कार्य गरेर जन्मदिन मनाइदिन थालेको बुबा वनेपालीले जनाए । विगत केहि वर्ष देखि सामाजिक कार्य गरेर जन्म दिन मनाउन थालेको उनले वताए । करिव ६ वर्ष अघि मजदुरी गरेर घर फर्कने क्रममा दुर्घट्ना भइ शारिरिक रुपमा अशक्त भएका पुण्यको कम्मर देखि मुनिको भाग चल्दैनन । उनी श्रीमति, एक छोरा र एक छोरीको साथमा बसेका छन् । केहि वर्ष अघि धरानका श्रमजिवि पत्रकार र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पुण्य प्याकुरेल घर निर्माण अभियान चलाएर पुण्यको घर निर्माण गरिदिएका हुन् ।
तस्विरः विकास चाम्लिङ राइ