पाँचथर: पाँचथरको हिलिहाङ गाउँपालिका ५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
आज राती १ बजे ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेका हुन् । हत्यामा संलग्न धनबहादुर फरार छन् । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले अनुसन्धान शुरु गरेको छ भने घटनामा संग्लग्न रहेका मृतकका श्रीमानको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।