झापा: झापाको मेचीनगरमा ६ दिनअघि मृत अवस्थामा भेटिएका व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् ।
प्रहरीले झापाको मेचीनगर नगरपालिका ९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसानलाई हत्या आरोपमा पक्राउ गरेको हो । स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतम.पुष ३ गते आफ्नै घर अगाडि मृत फेला परेका थिए । उनको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको थियो ।
मृत फेला परेका गौतमको शरीरमा बिभिन्न निल डाम, चोटपटक देखिएपछि प्रहरीले गम्भिररुपमा अनुसन्धान थालेको थियो । पक्राउ परेका दुबै जनाले हत्या घटनामा आफ्नो संग्लग्नता रहेको साबिती बयान दिइसकेको झापा प्रहरीले जनाएको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । हत्यामा प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले लगाएका कपडा समेत प्रहरीले बरामद गरिसकेको जनाएको छ ।