धरान: इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे को अवसरमा शुक्रबार धरानमा सार्वजनिक विदा दिइएको छ ।
धरान उपमहानगरपालिकाले एक सुचना जारी गर्दै भोली धरान नगर क्षेत्रमा सार्वजनि विदा दिइएको जानकारी गराएको हो । बिहीबार बिहान बसेको धरानको कार्यपालिका बैठकले क्रिसमस डेको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार विदा दिइएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।
धरानका इसाई धर्मावलम्बीहरुले क्रिसमस डे को दिन सार्वजनिक विदा दिन माग गरेको थियो । धरानमा ७३ वटा मण्डलीहरु रहेको धरान ख्रीष्टीय समाजको भनाई छ । साथै, धरानमा २० देखि ३० हजार हाराहारीमा इसाई धर्मावलम्बीहरु रहेको अनुमान छ ।