धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर १२ मोरङका ६३ बर्षीय वृद्ध पुरुष रहेका छन् । उनको आज बिहान करिब ८ बजेर १० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार मृतक दीर्घ रोगी थिए । उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो नै प्रतिष्ठानमा भर्ना भएका थिए । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।