विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

होमआईसोलेनबाट ३९९ जना डिस्चार्ज भएका छन् भने इलाम अस्पताबाट ८ जना, विराट मेडिकल कलेजबाट ६ जना र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार ७१० पुगेको छ ।

यसैगरि, प्रदेश १ मा आज ४० जना संक्रमित थपिएका छन् । झापामा १२, मोरंगमा १०, सुनसरीमा ९, इलाममा ३, संखुवासभामा २, भोजपुर र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमक र विर्तामोडमा ३–३ जना, गौरादहमा २, कनकाई, बा¥हदशी, मेचीनगर र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिएका हुन् । यस्तै, मोरंगको विराटनगरमा ७ जना, कानेपोखरी, उर्लाबारी र बेलबारीमा १–१ जना थपिएका छन् ।

सुनसरीको धरानमा ९ जना थपिएका छन् भने इलामको इलाम नगरपालिका, माई र चुलाचुलीमा १–१ जना छन् । संखुवासभाको खाँदबारीमा २ जना, भोजपुरको भोजपुरमा १ जना, सोलुखुम्वुको माप्यदुधकोशीमा १ जना र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ६१४ पुगेको छ ।

प्रदेश १ मा आज ३१० जनाको पीसीआर परीक्षण परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ७२४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।