धरान: लागुऔषध मुद्दामा जिल्ला अदालत मोरङले कैद र जरिवाना फैसला गरेपनि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ९ का ३५ बर्षीय दिपक तामाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ पक्राउ गरेको हो । विराटनगर १५ हुलास मेटल चोकबाट पत्राउ परेका तामाङलाई जिल्ला अदालत मोरङमा बुझाउने कार्य भइहेको प्रहरीले जनाएको छ । तामाङलाई जिल्ला अदालत मोरङले २०६९ पुष ९ गते १ लाख जरिवाना र २ बर्ष कैदको फैसला गरेको थियो ।