सुनसरी: ईटहरीमा ल्यापटप चोरी गर्ने र चोरी भएको उक्त ल्यापटप किन्नेसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी ६ स्थित अल ईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रालिको अफिसबाट पुष १० गते ल्यापटप चोरी भएको थियो । ईलाका प्रहरी कार्यालय ईटहरीले उक्त अफिसबाट डेल कम्पनीको ल्यापटप चोरी गर्ने ईटहरी १० का ३० बर्षीय मनोज कार्कीलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

पक्राउ परेका कार्कीलाई सोधपुछ गर्दा उनले ल्यापटप चोरी गरेको स्वीकार गरेका थिए भने उक्त ल्यापटप ईटहरी २ का २८ बर्षीय श्याम बिकलाई बिक्री गरेको खुलाए । प्रहरीले चोरी भएको ल्यापटपसहित बिकलाई पनि पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।