विराटनगर: प्रहरीले विराटनगरबाट विभिन्न किसिमका अवैध सामान वरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो साँझ पौने ६ बजे विराटनगर १४ जतुवा नजिकबाट अवैध सामानहरु वरामद गरेको जनाएको छ । मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी लोकदर्शन थापाका अनुसार विभिन्न प्रकारका मोवाइलका ईलेक्नट्रोनिक पाटपुर्जा, लत्ताकपडा र खाद्यान्न सामग्रीहरु वरामद भएको छ । ती अन्दाजी २ लाख ३८ हजार ७ सय ९० रुपैया बराबरको रहेको छ । वेवारिसे ती सामानहरु वरामद गरि आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।