सुनसरी: सुनसरीको इटहरी उपमहानगरपालिका ९ बाट गाँजासहित एक जना पक्राउ परेका छन् ।
मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार राती १ बजे २ केजी ७०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।गाँजाको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । साथै लिम्बुले गाँजा ओसारपसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरि, मोरङ केराबारी १० खदम खोलास्थित एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ केराबारी ७ का १७ बर्षीय बिशेष राई र सोही स्थानका १९ बर्षीय बिपिन लिम्बु रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे २ केजी गाँजासहित पक्राउ गरेको हो । लागुऔषध गाँजासहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।