धरान: धरानले नेपालकै सुन्दर र सफा शहरको रूपमा परिचय बनाएको छ । यहाँका फराकिला र चिल्ला सडकहरू तथा बगैँचासहितका आकर्षक घरहरूले सबैलाई मोहित तुल्याउँछन् । करीब छ वर्ष अगि नेपालकै दोस्रो सफा शहर घोषित हुँदै धरान पुरस्कृत पनि भएको थियो ।
फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले फोहोर व्यवस्थापन, पार्किङ, धुलो धुँवारहित शहरलगायतका मापदण्डका आधारमा धरानलाई देशकै दोस्रो सफाशहर घोषित गरेको थियो । तर यही सुन्दर शहरमा बग्ने प्रदूषित खहरे–खोल्साहरूले शहरको सुन्दरतालाई गिज्याइरहेका छन् । ती खहरे–खोल्साहरूले वर्षायाममा स्थानीयलाई त्रसित मात्र बनाउँदैनन्, यी खोल्साहरू डम्पिङ साइट बन्दै गएकाले त्यस वरपरका स्थानीयहरू बाह्रै महिना दुर्गन्धबाट पीडित छन् ।
धरान–१३ हुँदै दक्षिणतर्पm बग्ने खहरे तथा धरान–२ र ३ मा पर्ने माछा भौडी हुँदै बग्ने दुईवटा प्रमुख खहरे छन् । यिनै दुई खहरे धरानको फोहोरमैला व्यवस्थापनमा प्रमुख चुनौती बनेका छन् भने खहरे वरपरका बासिन्दाहरू यसबाट वर्षौंदेखि पीडित छन् । खहरेको डिलमा घर भएका धरान–१६ का केशवकुमार घिमिरे बर्खाको समयमा बगाएर ल्याउने मरेको जनावर गन्हाएर बसिसक्नु नहुने बताउँछन् । यसो भन्दा दुर्गन्धको पीडा उनको अनुहारमा प्रस्ट झल्किन्थ्यो ।
धरान–१२माखहरे किनारमै घर भएकीकल्पनाविकको पीडा पनि घिमिरेकै जस्तो छ । ‘बजार भरिको फोहोरमैला, ढल यही खहरेमा जम्मा हुन्छ’,विक भन्छिन्, ‘फोहोर गन्हाउँछ, हैरान पार्छ । नगरपालिकामा कति भन्नु, वाक्कलाग्दो’ यी दुई त प्रतिनिधि मात्र हुन् । खहरे–खोल्साका डिलमा बस्ने सबैको पीडा उस्तै छ ।
जनस्वास्थ्य र पर्यावरणमा पार्ने असर
जथाभावी फालिएको फोहोरले मानव स्वास्थ्य र पर्यावरणमा समेत ठूलो असर पार्ने चिकित्सक तथा वातावरणविद्हरू बताउँछन् । फोहोरमैलाका कारण पैmलिने प्रदूषणले छाला, पेट, फोक्सो र श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । ‘फोहोर र प्रदूषणले श्वासप्रश्वास, फोक्सो र छालासम्बन्धी तथा झाडापखाला जस्ता रोगहरू लाग्न सक्छन्’,यहाँस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा अरुणकुमार सिंह भन्छन्, ‘प्रदूषणले बच्चालाई निमोनियाहुने खतरा हुन्छ । नाकको जालीबाट कार्बन लिड शरीर भित्र प्रवेश ग¥यो भने यसले छारेरोग जस्ता रोग पनि लाग्न सक्छ ।’
जनस्वास्थ्य मात्र होइन, जथाभावी फालिने फोहोरले पर्यावरणलाई पनि गम्भीर असर पु¥याउँछ । केन्द्रीय प्रविधि क्याम्पसका क्याम्पस प्रमुख एवम् वातावरणविद् डा दिलकुमार लिम्बू भन्छन्,‘कुहिने खालको फोहोर कुहिएर गन्हाउँछ अनि हावालाई पनि प्रदूषित बनाउँछ । नसड्ने फोहोर वर्षौसम्म जमिनमा रहन्छ र ठाउँ ओगट्छ ।’
उनकाअनुसार फोहोर डढाउँदा नाइट्रस अक्साइड, सल्फरडाई अक्साइड निस्किएर सामान्य वायुमण्डलको स्वरूपलाई बदल्ने गर्दछ । त्यसले जलवायु परिवर्तन गराउने डा. लिम्बूले बताए । ‘यसले गर्दा ग्लोबल वार्मिङ हुन्छ, अतिवृष्टि र अनावृष्टिहुने खतरा हुन्छ’,उनले थपे,‘बाढीपहिरो जाने, खण्ड वृष्टिहरूहुने, सुख्खालाग्ने हुनसक्छ । यसले जङ्गलीजनावर,वनस्पति सबैलाई असर गर्छ ।’
खहरे–खोल्सामा कसरी पुग्छ फोहोर ?
करीब एकलाख ५० हजार जनसङ्ख्या भएको धरान नगर क्षेत्रमा उपमहानगरले फोहोर व्यवस्थापनका लागि वार्षिक तीन करोड रूपैयाँ खर्चिने गरेको जनाएको छ । फोहोर व्यवस्थापनका लागि उपमहानगरसँग आठवटा गाडी तथा ७० जना सफाइ कर्मचारी छन् । बढी फोहोर उत्सर्जन हुने हुँदा बजार क्षेत्रमा दिनहुँ फोहोर सङ्कलन हुने गरेको, तर ग्रामीण वडाहरू ४, ५, ६ र २० मा बाहेक अन्य वडाहरूमा तालिकाअनुसार हप्तामा एकपटक फोहोर सङ्कलन हुने गरेको उपमहानगरले जनाएको छ ।
उपमहानगरका वातावरण निरीक्षक राजु चौहान बजार क्षेत्रमा दैनिक सरसफाइहुने गरेको बताउँछन् । ‘ग्रामीण वडाहरू बाहेक बाँकी वडामा रुटिनअनुसार हप्तामा एकपटक सरसफाइ हुने गरेको छ ।’ उनले भने । उपमहानगरले बजार क्षेत्रमा दैनिक ४० टन फोहोर उत्सर्जन हुने जनाएको छ, तर खहरे–खोल्सामा जम्मा हुने फोहोरको यकिन तथ्याङ्क उमनपासँग छैन । १३ नं. वडा हुँदै बग्ने खहरेले वडा नं. १, १६, १२, १०, ९, १९ र ८ का खहरे किनारमा बस्ने बासिन्दालाई प्रत्यक्ष असर पु¥याएको छ भने वडा नं. २ र ३ माछाभौडी हुँदै बग्ने खहरेले वडा नं. ७, १५ र ८ मा खहरे किनारका बासिन्दालाई असर पु¥याएको छ ।
स्थानीयमा जनचेतनाको कमी भएर जथाभावीफोहोर फाल्नाले पनि खहरेमा फोहोरमैला थुप्रिएको वातावरण निरीक्षक चौहानको भनाइ छ । ‘खहरे आसपास बस्नेले मात्र हैन, बजार एरियाकाले पनि लगेर फाल्ने गर्छन्’उनले भने, ‘खहरे–खोल्सीमा फोहोर फाल्न पनि सजिलो छ ।’ स्थानीय सचेत नभएकै कारण खहरेमाफोहोरमैला बढेको स्थानीयनै स्वीकार्छन् ।
धरान–१३ की कुसुम राई भन्छिन्, ‘हाम्रो सूर्यमार्गमा कहिले काही मात्र फोहोरको गाडी आउँछ, कहिले आउँदैन । गाडी बिग्रेको छ भन्छन् ।’ उनी नगरपालिका र स्थानीय दुवैको कमजोरी भएको बताउँछिन् । स्थानीय केसवीर राईले खोलाखोल्सी फोहोर हुनुमा स्थानीयकै कमजोरी रहेको दाबी गर्छन् । ‘जहाँखायो,त्यही फाल्छौँ’ उनको भनाइ छ, ‘जथाभावी फाल्न त मिल्दैन नि ।’
छिमेकी गाउँमा समेत असर
यहाँको फोहोरले छिमेकी गाउँकाबासिन्दालाई समेत ठूलो असर पु¥याएको छ । धरानका खहरे–खोल्सामा थुप्रिएको फोहोरमैला वर्षामा बगेर कालाबञ्जार, बकलौरीलगायतका छिमेकी गाउँसम्म पुग्ने गरेको छ । यहाँबाट बगेको फोहोरले ती क्षेत्रमा धानबाली नष्ट गरेको गुनासो उपमहानगरमापटक–पटक आउने गरेको छ ।
करीब चारवर्ष अगि कालाबञ्जार र बकलौरीवासीले धानखेतीबाट फोहोर सङ्कलन गरेर उपमहानगर परिसरमा खन्याउँदा विवाद समेत भएको थियो । उनीहरूले धरानमा पटक–पटक आएर विरोध गदै दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न माग गर्ने गरेका थिए ।
उपमहानगरमा नयाँ नीति
फोहार व्यवस्थापनलाई प्रभावकारी बनाउन उपमहानगरले सातौँ नगरसभाबाट वातावरण तथा प्राकृतिक स्रोत ऐन पास गरेको छ । गतअसार ३१ गते सम्पन्न भएको सातौं नगरसभाबाट जथाभावी फोहोर फाल्न नदिन सचेतना मुलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने, दण्ड–जरिवाना तोक्ने र सूचना बोर्ड राख्ने उपमहानगरको योजना छ ।
वातावरण निरीक्षक चौहानले सरोकारवालाहरूसँगको सहकार्यमा सरसफाइ अभियान पनि सञ्चालन गर्ने योजना रहेको सुनाए । धरान दिवसको अवसर पारेर गत पुस २० गते उपमहानगरले खोलाखोल्सीमा सरसफाइ अभियानसमेत सुरु गरेको उनले बताए । ‘यो अभियानलाई निरन्तरतादिँदै शहरलाई प्रदूषित हुनबाट जोगाउने उपमहानगरको योजना छ,’ चौहानले थपे ।
फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आउँदै
नगर क्षेत्रको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनसँगै वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्ने उद्देश्यले धरान–६ को पानबारीमा फोहोर प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छ । दीर्घकालीन फोहोर व्यवस्थापन गर्न नसक्दा चर्को आलोचना खेपिरहेको उपमहानगरले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेस्ट इनर्जी प्रालिको साझेदारीमा करीब २४ करोड रुपैयाँको लागतमा प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ ।
‘केन्द्र चाँडै सञ्चालनमाआउँदैछ’,चौहानले भने, ‘यसबाट वैकल्पिक ऊर्जा समेत निकाल्ने र धरानको फोहोर व्यवस्थापनको समस्या हल हुने विश्वास लिएका छौ ।’ केन्द्रबाट दैनिक दुई हजार केजी सीएनजी ग्यास उत्पादन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यहाँबाट उत्पादन भएको सीएनजी ग्यास धरानका करीब पाँच सय टेम्पोमा प्रयोग गरिनेछ । ‘धरानको फोहोरबाट दैनिक दुई हजार केजी सीएनजीग्यास उत्पादन गर्छौं’, भेन्चर वेस्ट इनर्जीका कन्सल्टेन्ट विवेक अग्रवालले भने, ‘हामीले ग्याँस पम्प पनि तयार गरिसकेका छौँ ।’