धरान: अनुगमन टोलीले धरानको अव्यवस्थित फुटपाथसँगै विजुलीको पोलका तारहरुलाई पनि व्यवस्थित गर्न थालेको छ ।

उपमहानगरपालिकाको नेतृत्वमा दुई दिनदेखि जारी फुटपाथ व्यवस्थापनको लागि शुरु भएको अभियानअन्तर्गत अस्तब्यस्त तारहरुलाई पनि व्यवस्थित गरिएको हो । यसको लागि विद्युत प्राधिकरणको एक टोली पनि अनुगमनमा सँगै हिडिरहेको उपमहानगरपालिकाको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । ‘हाम्रो मुख्य लक्ष्य फुटपाथ र ड्रेनलाई मिचेर राखिएका संरचनाहरुलाई हटाउनु हो तर विजुलीको पोलमा तारहरु झुण्डिएर अस्तब्यस्त भएकोले त्यसलाई पनि व्यवस्थित गर्दैछौं,’उनले भने,‘विद्युतको टोली पनि हामीसँगै हिडेको छ ।’

footh2

आज बुधबार अनुगमन टोलीले धरानको निकेतन गल्लीबाट फुटपाथ क्लियर गर्न शुरु गरेको थियो । उक्त टोलीले निकेतन गल्लीबाट चिनिया चोकसम्म र चिनिया चोकबाट कैलाशपथ हुदै माछा भौडीसम्म अनधिकृतरुपमा पसलहरुले फुटपाथ मिचेर निर्माण गरेको संरचना हटाइएको थियो । यस्तै, मानिसको टाउको पनि छुने गरि झुण्डिएका तारहरुलाई पनि समेटिएको अनुगमन अधिकृत सापकोटाले जनकारी दिए । भोली बिहिबार कोशी राजमार्गमा पर्ने छाताचोकदेखि भोटेपुलसम्म फुटपाथ क्लियर गरिने सापकोटाले जानकारी दिए ।

footh 1 footh5 footh3 footh6 footh1