सुनसरी ः सुनसरीको बराहक्षेत्र नगरपालिका ८ म एक बालकको वालुवा र माटोको डिस्कोले पुरिएर मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन् ।
प्रहरीका अनुसार १४ बर्षीय प्रज्वल राईको बालुवा र माटोसहितको ढिस्कोले पुरिएर मृत्यु भएको हो । आज दिउसो १ बजे बराहक्षेत्र ८ सालबन्दीस्थित कोशी नदिको किनारमा रहेको पानी जमेको भौडीको डिलमा खेल्ने क्रममा बालुवा र माटो सहितको ढिस्को झरेर बालकलाई पुरेको थियो ।
स्थानीयले तत्काल देखेर उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगेका थिए । उनको उपचारको क्रममा बालक प्रज्वलको दिउँसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । साथै, उनीसंगै खेल्न गएका उनकै भाई १० बर्षीय राजन राई पनि पुरिएर घाईते भएका थिए । उनलाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर उपचार भइरहेको छ ।