धरान: दार्जिलिङका प्रमिस भुटिया हिजोआज भाइरल छन् । उनी युवाहरुमाझ लागुऔषधविरुद्धको अभियन्ताकारुपमा परिचित छन् । उनले विभिन्न ठाउँमा दिएका प्रेरणादायी स्पिचहरु युवाहरुले खुब रुचाउछन् ।

तिनै भुटियालाई शनिबार धरानका युवाहरुले प्रत्यक्ष सुन्ने अवसर पाए । उनी प्रभु बैंक धरान १० के रनको ९ औं सँस्करणको दौड प्रतियोगितामा भाग लिन आएका हुन् । हुन त उनी गत बर्ष पनि दौडमा सहभागी हुन धरान आएका रहेछन् । तर, त्यति बेला उनको चर्चा अहिले जतिको थिएन । त्यसैले उनी आए गएका बारेमा धरानेहरु वेखबर भए । तर, यसपाली उनलाई धरानमा बिशेष आतिथ्यता नै मिल्यो । उनले १० किलोमिटर दौड पुरा पनि गरे ।

pramise3

भुटियाले पुरस्कार वितरण समारोहमा थोरै मन्तव्य दिएका थिए । उनले आफु विगत ७ बर्षदेखि दुव्र्यसन त्यागेर रिकभरि जीवन बिताइरहेको सुनाए । आफुँ ३६ बर्ष दुव्र्यसनमा फसेको खुलाउदै भुटियाले जीवनको यो कालखण्डमा आइपुग्दा धेरै थोक गुमाएको बताए । तर अहिले धरानको भव्य कार्यक्रममा स्टेजमा उभिएर बेल्न पाउनुको कारण दुव्र्यसन त्यागेर नै भएको भन्दै उनले युवाहरुलाई भने,'म अहिले रिकभरि छुँ, ७ बर्षदेखि । म आज यहाँ बोल्न पाएँ, त्यो नखाएकै कारण हो । युवाहरु अल्कोहलदेखि टाढा रहनुस्, र हिरो बन्नुस् ।'

pramise2

उनले आफु ३६ बर्ष मतेर जीवन बिताएको प्रसंग सुनाउदै आधार जीवन खेर गएको पनि बताए । 'मजा त आउँछ, ३६ बर्ष मातेको म । आधा जीवन नै गयो । तर जीवनको अन्त्यमा मैले आज बुझे, लष्ट नै लष्ट,'उनले युवाहरुलाई भने,'मेरो सम्बन्धहरु गुम्यो, हेल्थ हरायो, पैसा गयो, म लुजर हुँ । त्यसैले मेरो अनुभवले भन्छ, यो नखाएको राम्रो ।' उनले अहिले दौडेर हेल्थ राम्रो भएको, पोजेटिभ सोच आएको र समयमा निन्द्रा लाग्ने गरेको पनि सुनाए ।