धरान: प्रहरीले धरानबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्याल्य धरानका अनुसार धरान १५ का २१ बर्षीय पासाङ तामाङ र १९ बर्षीय पारस थापा पक्राउ परेका हुन् । उनीहरुलाई हिजो सोमबार राती साढे ८ बजे धरान ८ तीनकुनेमा चेकजाँच गर्दा प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पैदल हिडेर धरानतर्फ आइरहेका दुवैमाथि शंका लागेर खानतलासी लिइएको थियो ।

त्यसक्रममा पारसले बोकेको कालो रंगको झोलाभित्र प्रतिबन्धित ट्रामाडोल ६६८ क्याप्सुल र कोलिबन ६६८ क्याप्सुल भेटिएको थियो । पक्राउ परेका दुवैलाई आज(मंगलबार) आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभागको विराटनगरस्थित कार्यालय पठाइएको धरान प्रहरीले जनाएको छ ।