धरान: धरान उपमहानगरका प्रमुख तिलक राईले शेर्पा जातिको चाड ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख राईले शुभकामना सन्देशमार्फत ग्याल्पो ल्होसारको शुभकामना दिएका हुन् । प्रमुख राईद्वारा जारी सन्देशमा बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रूपमा समेत रहेको उल्लेख गरेका छन् ।

यस्ता चाड पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडि बढ्न समेत नगर प्रमुख राईले आग्रह गरेका छन् ।  

उपमहानगरको सार्वजनिक विदा

धरान उपमहानगरपालिकाले आज शेर्पा समुदायको पर्व ग्लापो ल्होसारको सार्वजनिक विदा दिएको छ । आज अत्यावश्यक सेवाबाहेक उपमहानगरपालिका र मातहतका सबै कार्यालयहरु बन्द रहने उपमहानगरले जनाएको छ । suva