इटहरीः आफ्नै घरमा डेरा गरि बस्ने विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको इटहरीमा एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्ने इटहरी उपमहानगपालिका ४ का प्रेम बहादुर निरौला रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार निरौलाले ती किशोरीलाई मोवाइलमार्फत अर्धनश्न तस्बिर खिचि बारम्बार करणी गर्दै आएका थिए । आरोपितलाई प्रहरीले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । 

यसैगरी, पत्रकारको आवरणमा नक्कली सुन दिएर पैसा ठगी गर्ने सुनसरीकै दुई  व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी ९ का फैजान आलम र इनरुवा नगरपालिकाका ४१ वर्षीय जल्लाउदिन मिया रहेका छन् । उनीहरुले इटहरी ८ का ३८ वर्षीय बिक्रम ठकुरीलाई नक्कली सुन दिएर जग्गा कारोवार गर्ने भन्दे ४ लाख रुपैया लिएर फरार भएका थिए । उनीहरुलाई ठगि मुद्धामा कारवाही चलाइएको प्रहरीले जानकारी दिएको छ ।