विराटनगरः कोरोना संक्रमित एक जना बृद्धको मृत्यु भएको छ । 

झापाको दमकका ९२ वर्षीय बृद्धको हिजो राती १२ बजे कोशी कोभिड अस्पतालमा मृत्यू भएको कोशी अस्पतालका जन सम्पर्क अधिकारी एपोलो भगतले जानकारी दिए । 

उनलाई चैत २५ गते कोभिड सँक्रमितभएपछि अस्पताल भर्ना गरिएको थियो । बृद्ध दीर्घ रोगी भएको र उनलाई दम र सुगरको समस्या भएको चिकित्सकले बताएका छन् । प्रदेश एकमा पछिल्लो १० दिनमा ७८ जना सँक्रमित थपिएका छन् ।