सुनसरी: ईटहरी उपमहागनरपालिका वडा नं १४ स्थित नर्भासा नहरमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा ईटहरी ७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेको प्रहरीले जनाएको छ । हिजो बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए । स्थानीयसहित खोजी गरिरहेको प्रहरीले उनीहरुलाई भेटेपछि उद्दार गरेर उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

उपचारको क्रममा भुर्तेलको राती ११ बजे मृत्यु भएको थियो भने चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।