विराटनगर: मोरङको दुई स्थानमा आज बिहानै भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ सुन्दरहरैचा ७ स्थित राजमार्गमा आज बिहान सवा ५ बजे टिफरको ठक्करबाट स्थानीय ६५ बर्षीया मैया श्रेष्ठको मृत्यु भएको हो । सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १-०२-००१ ख ८५३० नम्बरको टिफरले पैदल हिडिरहेकी मैयालाई ठक्कर दिदा गम्भिर घाइते भएकी थिईन् । उनको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र चालक सुन्दरहरैचा(५ का कुमार भण्डारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी, आज बिहान करिब सवा ४ बजे मोरङकै सुनबर्षी ८ का ३० बर्षीय बिरेन्द्र प्रसाद मण्डलको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । सुनबर्षी ८ मा द्यच्घडच् डठढण् नम्बरको भारतीय मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार रहेका मण्डलको मृत्यु भएको हो । मोटरसाईकल चालक सोही स्थानका २९ बर्षीय चन्दन केवट नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।