धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित चानुवामा हिजो शनिबार हाई भोल्टेजले एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
घाइते मध्ये ३ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सिंगो बस्तीमा नै एक्कासी हाई भोल्टेजमा विजुली प्रवाह भएको थियो । मोवाइल चार्ज गर्ने क्रममा उक्त घटना भएको प्रहरीको भनाई छ । महालक्ष्मी ४ का ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेजको करेन्टले मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घाइते १५ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको थियो । उनीहरुलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । ती मध्ये ३ जनाको अझै प्रतिष्ठानमा उपचार भइरहेको छ । उपचाररत दुई बालबालिकाको अवस्था सामान्य रहेको छ भने ५५ बर्षीय बमकुमारी श्रेष्ठ सिकिस्त छन् । अन्य डिस्चार्ज भइसकेका छन् ।