धरान: धरान उपमहानगरपालिकामा आज साँझ २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्थ डेस्कमार्फत स्वाब संकलन गरेर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । आज साँझ २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि धरानमा सक्रिय संक्रमितहरुको संख्या पनि एक सय नाघेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । 

मेहताका अनुसार वैशाख १ गते यता दिनहुँ जसो धरानमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । 'आज साँझ २५ जनाको पिसिआर पोजेटिभ आएको छ, योसँगै धरानमा सक्रिय संक्रमितको संख्या ११३ पुग्यो, मेहताले भने ।