धरान: आफ्नो जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदैछ । 

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा यो पर्व मनाइन्छ । आजको दिन आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ।