मोरङ: मोरङको रंगेली नगरपालिका ३ स्थित तिलुवा चोककी २४ बर्षीया अनिता यादवको हत्या आरोपमा उनको देवर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतक अनिताको देवर नाता पर्ने १९ बर्षीय विनोद यादव पक्राउ परेका हुन् । आज बिहान करिब साँढे ७ बजेतिर अनिताको शव तिलुवा तोकस्थित नहरमा फेला परेको थियो । उनको घाँटी काटिएको अवस्थामा शव फेला परेकोले प्रहरीले तत्काल अनुसन्धान थालेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा हिजो मंगलबार राती साँढे ६ बजे मृतक अनिता र देवर विनोदबीच झगडा भएको खुलेको थियो । विनोदले सोही रिसइबीमा राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरि अनिताको हत्या गरेको प्रहरीको भनाई छ । उनलाई प्रहरीले बिहान करिब ९ बजे घरबाट नै पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।