विराटनगर: प्रहरीले विराटनगरबाट घरेलु मदिरा वरामद गरि नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरंग का अनुसार आज बिहान करिब साढे ७ बजे विराटनगर १२ खबरीस्थित मंगलबारे टोलबाट घरेलु मदिरा र विभिन्न सामाग्रीहरु वरामद गरेको हो । गैह्र कानूनीरूपमा घरेलु मदिरा बनाइरहेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरको टोलीले गएर नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घरेलु मदिरा १०० लिटर, कच्चा पदार्थ १०० लिटर र मदिरा बनाउने भाडा वर्तन ८ थान बरामद भएको थियो । ती सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर आन्तरिक राजश्व कार्यालयका प्रतिनिधी, विराटनगर महानगरपालिका १ नं. वडाका प्रतिनिधीहरुको रोहबरमा नष्ट गरिएको जनाएको छ ।