धरान: कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि धरान उपमहानगरपालिकाको १३ नम्बर वडालाई सिल गरिएको छ ।

दैनिकरुपमा संक्रमितको संख्या बढ्दै गएको र संक्रमणको जोखिम उच्च भएकोले हिडडुलमा पुर्णरुपमा निषेध गर्न वडालाई सिल गरिएको वडा कार्यालयले जनाएको छ । वडालाई जेठ १५ गतेसम्मको लागि सिल गर्ने निर्णय हिजो गरिएको थियो । 

वडाअध्यक्ष नेत्र काफ्लेले वडा आज बिहानैदेखि ठप्प भएको बताए । उनले भने,‘ठप्प नै छ । अतिआवश्यक काम भएमा हामीलाई, प्रहरीलाई जानकारी गराएर मात्र जानुहुन्छ ।’ वडालाई पुर्णरुपमा सिल गराउन सशस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरी पनि नाकाहरुमा परिचालन गरिएको छ ।

wada-13-sil 1

amarhat