धरान: नेकपा एमाले १३ न वडा कमिटीले आफ्नो वडाका अति विपन्न ४१ परिवारलाई राहत बितरण गरेको छ।

कोरोना महामारीको दोस्रो लहरको कारण गत बैशाख २१ देखि पुर्णरुपमा लकडाउन हुँदा अतिबिपन्न परिवारलाई खाना खान नै समस्या भएपछि राहत सामाग्री बितरण गरिएको एमाले वडा नं १३ कमिटीका सदस्य घनश्याम तिम्सिनाले जानकारी दिए ।

धरान १३ नं कार्यलयको अनुमति र समन्वयमा वडा भित्रका अति बिपन्न परिवारलाई चामल, नुन, तेल र दाल लगायतको राहत प्याकेज उपलब्ध गराईएको थियो । लकडाउन अझै लम्बिने भएकोले अतिविपन्न नागरिकको चुलोमा आगो बल्ने सम्मको अवस्था ल्याउनुपर्ने र सरोकारवाला निकायले तुरुन्तै त्यस्तो परिवारलाई राहत बितरण गर्नुपर्ने माग समेत नेकपा एमाले वडा १३ का सचिव बिष्णु चौलागाईले गरेका छन् ।