धरान: लकडाउनको बेला एम्बुलेन्समा गाँजासहित २ जना धरानबाट पक्राउ परेका छन् । 

हिजो(सोमबार) राती करिब ९ बजे भेडेटारबाट धरानतर्फ आइरहेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा वरामद भएको हो । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको भनाई छ । उक्त एम्बुलेन्सलाई शंका लागेर चेकजाँच गर्दा १ सय किलो गाँजा वरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

gaja1

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षील बलबहादुर लिम्बु र धनकुटा सहिदभुमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्नेत २८ बर्षीय पोशन राईलाई पक्राउ गरिएको छ । उनीहरुले एम्बुलेन्सको पछाडि भागमा २५ केजीको ४ वटा झोलामा एक सय किलो गाँजा राखेको अवस्थामा वरामद भएको उनले बताए । दुवैलाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए । 

gaja2