धरान: प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बुद्ध जयन्ती तथा प्रकृति पुजक किरात समुदायको चाड उभौलीको शुभकामना व्यक्त गरेका छन् ।

सभामुख भण्डारीले आज शुभकामना सन्देशमार्फत नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउदै सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचानलाई थप सृदृढ गर्न मद्दत पुग्ने बताएका छन् । 'गौतम बुद्धको जन्म, बृद्धत्व प्राप्ती र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्ध दर्शनका स्थापित चार आर्य सत्यलाई अंगीकार गरेर सद्भाव, मेलमिलाप, सहअस्तित्व एवं अहिंसावादी सिद्धान्तको पालना गर्दै शान्ति र प्रगतिको पथमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,'सन्देशमा भनिएको छ ।

विश्वव्यापी कोरोना महामारीले समाज तीब्र गतिमा प्रभावित भइरहेको भन्दै सभामुख भण्डारीले यसबाट मुक्ति पाउन सबै नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपुर्ण भुमिका हुने पनि सन्देशमा उल्लेख छ । साथै, अहिलेको बिषम परिस्थितिलाई ध्यान दिदै स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाएर जहाँ छौं, त्यही बसेर पर्वहरु मनाउन पनि सभामुख भण्डारीले आग्रह गरेका छन् । 

san