धरान: सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं २, ६ र १० लाई थप एक साताको लागि सिल गरिएको छ ।
यी तीन वडामा संक्रमणको जोखिम अत्यधिक बढेको भन्दै जेठ २ गतेदेखि आज मध्यराती १२ बजेसम्मलाई सिल गरिएको थियो । अझै पनि जोखिम कम नभएको भन्दै नगरपालिकाले जेठ १९ गते राती १२ बजेसम्मको लागि तीन वडाहरुलाई सिल गरि गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त अवधिमा औषधी उपचारबाहेक कोही पनि अन्य कामको लागि घर बाहिर ननिस्कन, बैंक तथा बित्तिय संघ, संस्था, पसल तथा व्यवसाय सञ्चालन नगर्न पनि नगरपालिकाले आग्रह गरेको छ । घरबाट बाहिर निस्कनु परेमा सुरक्षाकर्मीलाई जानकारी गराएर स्वास्थ्य मापदण्ड अपनाएर मात्र घर बाहिर निस्कन पनि नगरपालिकाले सुचना मार्फत आग्रह गरेको छ ।