सुनसरीः कोभिड सक्रमणबाट ज्यान गुमाएका नागरिकलाई हालसम्म नेपाली सेनाले अन्तिम संस्कार गर्दै आएको छ । तर, भोली भयावह रुप आइहाले अन्य सामाजिक सँस्थाले समेत अन्यष्टि गरुन् भन्ने उदेश्यले नेपाली सेनाले सामाजिक स्वयमसेवकहरुलाई शव अन्त्यष्टि गर्ने स्वास्थ्य सतर्कताको तालिम प्रदेश एकबाट सुरु गरेको छ ।
कोभिड सँक्रमण भइ ज्यान गुमाउने सँख्या हरेक दिन सय नाघिरहेको छ । यो अवस्था भोली भयावह भए शव व्यवस्थापन कसरी गर्ने भन्ने उदेश्यले नपाली सेनाले स्काउण्टका स्वयमसेवकलाई तालिम दिन थालेको नपाली सेनाका शब व्यवस्थापनमा खटिँदै आएका एक अधिकारीले जानकारी दिए । उनका अनुसार हाल झापा, मोरङ र सुनसरीका ४२ जना स्काउटलाई चरणबद्धरुपमा ४ दिने तालिम सम्पन्न भएको छ ।
नेपाली सेनाको कोभिड व्यवस्थापनमा खटिएको तालिमप्राप्त जनशक्तिले स्वयमसेवकलाई तालिम दिइ विपतमा कसरी सुरक्षित रुपमा खट्ने भन्ने सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरेको हो । स्काउटले स्वतस्फुर्त शव व्यवस्थापन तालिममा खटिन आव्हान गर्दा पहिलो चरणमा ४२ जनालाई तालिम दिएको र आगामी दिनमा थप तालिम दिइ पुनः स्वयमसेवी तयार गर्न सक्ने गरि तयारी अवस्थामा रहेको स्काउटका प्रदेश एक संयोजक रवि खनालले जानकारी दिएका छन् । उनले भने,‘विपतमा त्यसै बस्न सकिएन, हामीले स्वयमसेवी साथीहरुमार्फत विश्वलाई आक्रान्त पारेको कोभिडसँग जुध्न तालिमप्राप्त जनशक्ति तयार गरेका हौँ ।’
तालिममा सहभागीहरुले जोखिम उच्च भएपनि विपतमा सेवा भावले यो कठिन परिस्थितिमा मानावताको सेवाका लागि सहभागी भएको बताए । सहभागी ज्योतिका थापाले भनिन्, ‘सेनाका अधिकारीले दिएको ज्ञानलाई सतर्कतापूर्वक शव व्यवस्थापनमा लगाउने छौँ । यो तालिमले हामीलाई ऐतिहासिक सयमा सेवा गर्ने मौका मिलेको छ ।’
त्यस्तै अर्का सहभागी हेमन्त भण्डारीले स्काउटले विपतमा जस्तोसुकै सेवा गर्न तयार रहेको बताए । उनले भने ‘सजिलोमा मात्र होइन, स्काउन अप्ठ्यारोमा पनि सहयोग गर्न तयार छ भन्ने भावनाले हामीले यो शव व्यवस्थापन तालिम लिएछौँ । यसलाई हामीले अवसरको रुपमा लिएका छौँ ।’
चैत्र ११ यता सुरु भएको दोस्रो लहरमा प्रदेश एकमा मात्रै ३ सय ४८ व्यक्तिको कोरोना सँक्रमणका कारण निधन भएको छ । पहिलो र दोस्रो लहरमा मृत्यु हुनेको सँख्या ८ सय १४ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । पहिलो लहरमा नेपाली सेनाले मात्र शव व्यवस्थापन गर्दै आएको थियो भने दोस्रो लहरमा स्वास्थ्य प्रोटोकल पुरा गरेर तालिमप्राप्त व्यक्तिले पनि संक्रमितको शव व्यवस्थापन गर्नपाइने सरकारले प्रावधान बनाएको छ ।