धरान: लकडाउनको कारण विरामीलाई रगतको चरम अभाव भएपछि तरुण दल, १ नम्बर क्षेत्रीय समितिले धरानमा रक्तदान आयोजना गरेको छ ।
तरुण दलले धरान १ स्थित रेडक्रस सोसाइटीको कार्यालय परिसरमा आज (शनिबार) रक्तदान आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको तरुण दल क्षेत्र नं १ समितिका कार्यवाहक सभापति सम्पुर्ण ताम्राकारले जानकारी दिए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालहरुमा पनि रगतको धेरै अभाव भएको कारण रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । कोभिडको महामारी भइरहेको बेला वीपी प्रतिष्ठान र अरु तिर पनि रगतको धेरै अभाव भएको कुरा आइरहेकोले रक्तदान गरेका हौं, उनले भने ।