धरान: धरान पोजिटिभ समुह धरानले शनिवार एचआइभि संक्रमित तथा प्रभावित २५ परिवारलाई खाद्यान्न सहयोग गरेका छन । 

समुहले एचआइभि संक्रमित तथा प्रभावित वालावालिकाको शिक्षाको लागि हातेमालो अक्षयकोष वाट आएको व्याज रकमले खाद्यन्न सहयोग गरेका हुन । समुहले ५७ हजार रुपैया वरावारको प्रति परिवार २५ केजि चामल, एक लिटर तेल, एक केजि न्युटेला, एक केजि चिनि, दाल, चना र हात धुने सावुन हस्तान्तरण गरेको जनाएको छ । 

अक्षय कोष वालवालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्नको लागि स्थापना भएपनि कोरोना भाइरसको कारण शैक्षिक क्षेत्र वन्द भएकोले विपन्न परिवारहरुलाई खाद्यन्न प्रदान गरिएको पोजिटिभ समुहका अध्यक्ष तथा राष्ट्रिय एचआइभि एड्स संस्थाका केन्द्रिय कोषाध्यक्ष खगेन्द्र खड्काले बताए । शैक्षिक क्षेत्र खुला भएपछि वालवालिकाको शिक्षामा नै रकम खर्च गरिने उनको भनाई छ । 

कोरोना महामारी र लकडाउनको समयमा धरान पोजिटिभ समुहले गरेको कार्य सह्रनीय रहेको नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले बताए । धरान रन संस्था र धरान पोजिटिभ समुहको सहकार्यमा पाच वर्ष अघि दुई लाख रुपैया वाट स्थापना गरिएको अक्षय कोषमा हाल ६ लाख रुपैया रहेको छ । संस्थाले हरेक ६ महिनामा कोषबाट आएको व्याजको रकमले एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको थियो । गत साल देखि कोरोना महामारिले गर्दा लकडाउन भए संगै शैक्षिक क्षेत्र पनि वन्द भए पछि भने संस्थाले आएको व्याजि रकमले खाद्यन्न प्रदान गर्दै आइरहेको छ । खाद्यन्न सहयोग धरान रनका अध्यक्ष रोमु राई लगायत संस्थाका पदाधिकारीहरुको उपस्थितिमा गरिएको थियो ।

तस्विरः विकास चाम्लिङ राई