धरान: धरानकी महिला अधिकारकर्मी एवं समाजिक अभियन्ता तारा शाक्यको निधन भएको छ । 

धरान १५ निवासी शाक्यको ५० बर्षको उमेरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गए राती निधन भएको हो । कोरोना संक्रमणको लक्षण देखिए पछि घरमा रहेकी शाक्यको स्वास्थ्य जटिल भएपछि गए राती थप उपचारको लागि प्रतिष्ठान लगिएको थियो । मृतक शाक्य धरानमा विभिन्न संघसंस्थामा आवद्ध थिइन् ।

विगतमा एमाले निकट मजदुर संगठनमा सक्रिय रहेकी उनी पछिल्लो समय भने राप्रपामा आवद्ध भएकी थिइन् । गएको चुनावमा धरानमा मेयर पदमा उम्मेदवारी पनि दिएकी थिइन । उनी आदिबासी जनजाति महासंघ धरानको उपाध्यक्ष, नेवार एकता समाजको संस्थापक महासचिव, नेवाः देय दबुको सुनसरी जिल्ला प्रतिनिधि पनि हुन् । महिला अधिकार र मजदुरहरुको अधिकारको क्षेत्रमा उनको उल्लेख्य योगदान रहेको छ ।