धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले ईलाका प्रहरी कार्यालय धरानमा कार्यकाल पुरा गरेका डिएसपी ज्ञानेन्द्र बस्नेतलाई विदाई गरेको छ ।

आज संघको हलमा एक कार्यक्रम आयोजना गरि डिएसपी बस्नेतलाई विदाई गरेको हो । यस्तै, सोही कार्यक्रममा धरानमा सरुवा भई आएका नयाँ डिएसपी नरेन्द्र कुँवरलाई स्वागत पनि गरिएको थियो । संघका अध्यक्ष गिरीधारी सापकोटासहित पदाधिकारीहरुले डिएसपी बस्नेतलाई पदाधिकारीहरुले खादा र मायाको चिनो प्रदान गरेर विदाई गरेका थिए । 

कार्यक्रममा स्वागत मन्तव्यको क्रममा संघका अध्यक्ष सापकोटाले लकडाउनले धरासायी भएको बेला डिएसपी बस्नेतले खाद्यान्नहरु ल्याउन सहयोग गरेको स्मरण गरे । ‘अफ्ठ्यारो बेला सहयोग, सहकार्य भयो । हरेक समस्या आउदा सँगै छलफल गथ्र्याे., त्यस्तै सहयोग र सहकार्य नयाँ डिएसपीबाट पनि अपेक्षा गछौं,’उनले भने ।

डिएसपी बस्नेतले धरानमा सबै संघसंस्थाहरुको सहयोगबाट आफ्नो बसाई तथा कार्यकाल सफल भएको बताए । उनले सबैसँग सम्बन्ध प्रगाढ रहेको खुलाए । आफ्नो घर तरहरा भएको उल्लेख गर्दै उनले धरानलाई सधै सम्झिरहने बताए ।

धरानका नयाँ डिएसपी कुँवरले विगतमा पनि धरान १३ स्थित अञ्चल प्रहरी कार्यालयमा बसेको अनुभव सुनाउदै सबैसँग हातेमालो गरेर नै अघि बढ्ने बताए । उनले डिएसपी बस्नेतलाई जस्तै आफुलाई पनि शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह पनि गरे । कार्यक्रममा उपाध्यक्ष शिवराज श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव राजेश अग्रगवालले गरेका थिए ।