धरान: जिल्ला विपद व्यवस्थापन समिति सुनसरीले विपद उद्दारको लागि सबै सुरक्षा निकायले उद्दार तथा राहतको लागि गोताखोरसहित बिशेष टोली तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । 

समितिको बिहिबार बसेको बैठकले सुरक्षा निकायहरु (नेपाली सेना, सशस्त्र प्रहरी वल र नेपाल प्रहरी)ले खोज, उद्दार तथा राहत कार्यको लागि गोताखोरसहित बिशेष टोली तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको हो । सोही बैठकले जिल्लाको १२ वटै स्थानीय तहले आवश्यक सामग्री तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ । बैठकले प्रत्येक स्थानीय तहहरुले रबरको बोट एक थान, लाइफ ज्याकेट ५० थान, मेन डोरी ४/५ रोल, क्यारेबेना हुक १० थान, स्ट्रेचर ४ थान र रेस्क्यु ट्युब(प्लाष्टिक) ५ थान तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । 

यसैगरि, विपद्बाट उद्दार गरिएका व्यक्तिहरुलाई तत्काल आवास उपलब्ध गराउन प्रत्येक स्थानीय तहले कम्तीमा २ वटा अस्थायी आश्रयस्थलको व्यवस्थापन पहिला नै गरिराख्ने, उद्दार गरि अस्थायी आवासमा राखिएका पीडितलाई आवश्यक खाद्यान्नका लागि उद्योग वाणिज्य संघसँग समन्वय गरि सबै स्थानीय तहले व्यवस्थापन गर्ने पनि बैठकको निर्णय छ ।

रेडक्रसलगायत गैरसरकारी संघसंस्थाहरुले पनि विपद्को बेला खोज, उद्दार र राहतको लागि उद्दार सामग्रीसहित तयारी अवस्थामा राख्ने, तत्काल राहतको लागि आवश्यक टेन्ट, त्रिपाल, म्याट्रेस, कम्बल, भाँडाकुडालगायत सामग्री प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ । 

daibi1

daibi2