सुनसरी: सुनसरी बराहक्षेत्रबाट नक्कली पेस्तोल र डेढ सय केजी गाँजा बोकेको गाडीसहित २ जना पक्राउ परेका छन् ।
बराहक्षेत्र नगरपालिका ८ शुक्रबारेस्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् । उनीहरुलाई राती करिब १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको प्रहरी टोलीले समातेको हो ।
चतराबाट आईरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिएर चेकजाच गर्ने क्रममा भेनबाट १५० केजी गाँजा वरामद भएको थियो । यस्तै, सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल पनि फेला परेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीलाई देख्न साथ २ जना फरार भएका थिए । उनीहरुको खोजी कार्य भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।