मोरङ: मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटाको हिलेका दुई जना महिला छन् । उनीहरुलाई हिजो बिहिबार बेलुका साढे ५ बजे ब्राउन सुगरको कारोबार भईरहेको बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो । 

प्रहरी टोलीले तामाङकै घरबाट ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको जनाएको छ । प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम पनि फेला पारेको छ । पक्राउ परेका तिनै जनामाथि ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।