धरान: कोरोना महामारीको दोस्रो लहरको कारण रोकिएको भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य धरानमा फेरि शुरु भएको छ । 

प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै जनजीवन सहज हुदै गएपछि धरानमा पनि हिजो आइतबारदेखि भुमिहिन, सुकुम्बासीहरुको लगत संकलन कार्य शुरु भएको हो । मेयर तिलक राई अध्यक्ष रहेको नगरस्तरीय भुमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैठकले निर्णय गरेवमोजिम आइतबारदेखि लगत संकलन शुरु भएको लगत संकलन इकाई प्रमुख वेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार वडा नं १५ बाहेकका अन्य वडाहरुमा आधा भन्दा बढीको लगत संकलन भइसकेको छ ।

केही वडाहरुले साउनदेखि शुरु गर्ने गरि मात्र तयारी गरेका छन् । वडा कार्यालयहरुले आवश्यक सहयोग गरेमा अबको १० दिनभित्र काम सक्ने सापकोटाको भनाई छ । सहजीकरण समितिले आवश्यक प्रोटोकल अपनाएर घर घरमा नै पुगेर लगत संकलन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भिडभाड हुन नदिन वडाहरुमा घरमा नै पुगेर लगत संकलन कार्य भइरहेको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । ‘धेरै भिड हुन नदिन घर घरमा नै पुगेर लगत संकलन भइरहेको छ, बढीमा १ २ घरका जम्मा भएर लगत टिपाउने गरेका छन्,’उनले भने ।

भुमि आयोगले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संलकन गरिरहेको छ । मापदण्डभित्र परेका भुमिहिन दलित र भुमिहिन सुकम्बासीहरुलाई तोकिए वमोजिमको जग्गाको पुर्जा आयोगले उपलब्ध गराउनेछ भने अव्यवस्थित बसोबासीहरुको हकमा तोकेको मुल्यमा जग्गा किनेर पुर्जा पाउनेछन् ।

sukum