झापा: प्रहरीले झापाको दमक नगरपालिका ७ हाटखोलाबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख बढी नगद पनि वरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेहरुमा दमक ७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल, गौरादह ३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह ८ का ३८ वर्षीय ईन्दु कुमार राजवंशी रहेका छन । यसैगरि, गौरादह २ का ३२ वर्षीय निर्मल थापा, दमक २ का ४२ वर्षीय राम वहादुर धिमाल, दमक ६ का ३३ बर्षीय विजय सिंह, सुनसरी ईटहरी ४ का ३५ बर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ बर्षीय मिलन राई पनि जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। 

उनीहरुलाई प्रहरीले हिजो शुक्रबार बेलुका ६ बजे पक्राउ गरेको हो । प्रहरीका अनुसार कर्ण बहादुर राईको घरमा ठुलो रकमको बाजी राखेर जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा छापा मारे पक्राउ गरिएको थियो । जुवाको खालबाट १६ थान कौडासहित नगद २ लाख ८ हजार ९५ रुपैया पनि वरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।