सुनसरी: दाजुभाई बीच गोली हानेर उडाइ दिने भन्दै झगडा हुँदा सुनसरीको कोशी गाउँपालिकाबाट हतियारसहित दुई दाजुभाईलाई पक्राउ परेका छन् । 

सशस्त्र प्रहरीले शनिवार कोशी गाउँपालिका ५ स्थित कुम्याहीबाट ४८ बर्षीय विद्यानन्द यादव र ४६ बर्षीय चन्द्रदेव यादवलाई हतियारसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवै जना एकै घरका दाजुभाई हुन् । बिहान उनीहरुबीच झगडा भएको थियो । एकले अर्कालाई गोली हानेर उडाइदिने भन्दै धम्की दिन थालेपछि प्रहरीलाई घटनाबारे सुचना पुगेको थियो । पक्राउ परेकाहरुबाट आँपको रुखमुनि लुकाई राखेको एक थान कटुवा पेस्तोल र एक थान गोली पनि वरामद गरिएको सशस्त्र प्रहरी वल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव पौडेलले जानकारी दिए । 

hatiyar 1

सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार दाजुभाई एकअर्कालाई गोलीले उडाई दिने भन्दै धक्की दिदै झगडा गरिरहेको बेला सशस्त्र प्रहरीको टोली पुगेको थियो । उनीहरुलाई तत्काल पक्राउ गरेर सोधपुछ गर्दा घर नजिकै आँपको रुख मुनि लुकाई राखेको हतियार र गोली वरामद भएको पौडेलले जानकारी दिए । घटनास्थल नेपाल भारत सिमा क्षेत्र नजिकै पर्छ । फत्रउा परेका दुवैलाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरुलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।