सुनसरी: इटहरीमा १२ बर्षीय नाबालकलाई पटक पटक कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको आरोपमा एक सौतेनी आमा पक्राउ परेका छन् ।

इटहरी १९ का २५ बर्षीया महिलाले १२ बर्षका आफ्नो सौतेनी नाबालक छोरालाई लामो समयदेखि कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिइरहेको प्रहरीको भनाई छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जानकारी दिएको छ । 

उनले बालबालिका विरुद्धको हिंसा गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई सुनसरी जिल्ला अदालत इनरुवाबाट बालबालिका विरुद्ध हिंसा कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।